दफा
अतिरिक्त शुल्क

कुनै करदाताले दफा ४ को उपदफा (३) मा लेखिएको म्यादभित्र कर नबुझाई सो म्याद नाघेपछि बुझाउन ल्याएमा निजबाट देहाय बमोजिमको अतिरिक्त शुल्क समेत असूल उपर गरी कर बुझिलिनु पर्छ :_
(क) सो म्याद नाघेको १५ दिनभित्र बुझाउन ल्याएको भए करको १० प्रतिशत,
(ख) सो म्याद नाघेको १५ दिनपछि तर ३० दिनभित्र बुझाउन ल्याएको भए करको २० प्रतिशत,
(ग) सो म्याद नाघेको ३० दिनपछि तर ३ महिनाभित्र बुझाउन ल्याएको भए करको ५० प्रतिशत, र
(घ) सो म्याद नाघेको ९० दिनपछि तर ६ महिनाभित्र बुझाउन ल्याएको भए करको शत प्रतिशत ।